बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

चैत ३ मा काठमाडौंमा 'वमन लिडरसिप समिट २०२५' आयोजना गर्दै सीएनआई

images
मंगलबार, फागुन २७ २०८१
images
images
चैत ३ मा काठमाडौंमा 'वमन लिडरसिप समिट २०२५' आयोजना गर्दै सीएनआई

सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनीसमेत गरिने जानकारी दिइएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी चैत ३ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको दोस्रो 'वमन लिडरसिप समिट २०२५' आयोजना गर्ने भएको छ।

images
images

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सीएनआईले जनाएको छ। सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ। 

images
images

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन र  बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ।

images
images

मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए। उनका अनुसार यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन्।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरुलाई अगाडी बढाउन सहयोग पुग्ने बताए।

सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनीसमेत गरिने जानकारी दिइएको छ।


प्रकाशित : मंगलबार, फागुन २७ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend