बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

काठमाडौं उपत्यकामा ‘सेप्टिक ट्यांक’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

images
मंगलबार, फागुन २७ २०८१
images
images
काठमाडौं उपत्यकामा ‘सेप्टिक ट्यांक’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन्।

images
images

सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन्।

images
images

सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरुले धारणा राखेका थिए।

images
images

उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरुलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्यांक’ अभियान चलाउनुपर्ने बताए। उनले सेप्टिक ट्यांक बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

'उपत्यकामा बग्ने नदीहरुलाई स्वच्छ बनाउनुपर्‍यो। त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेप्टिक ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ। अब नयाँ बन्ने ठाउँमा सेप्टिक ट्यांक हरेक घरमा बनाउनुपर्‍यो। जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०/१५ घरको एक ठाउँमा भए पनि सेप्टिक ट्यांकी बनाउनुपर्छ,' उपप्रधानमन्त्री सिंहले भने, 'उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ। त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेप्टिक ट्यांकको अभियान नै चलाउनैपर्छ। नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन।'

उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौँ रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाउको बताए।

छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए। उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताए। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend