मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

निरन्तर ओरालोतिर सेयर बजार, ३२ अंकले घट्यो, ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार

मंगलबार, फागुन २७ २०८१
निरन्तर ओरालोतिर सेयर बजार, ३२ अंकले घट्यो, ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर देखिएको सेयर बजार पुन: लगातार १७१.०७ अंकले घटेको छ।  

यो साता पहिलो कारोबारमा आइतबार ४६.३३ अंकले घटेको बजार सोमबार २०.६८ अंकले घटेको थियो। मंगलबार पनि बजार ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा झरेको छ। ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार पनि ७५.२४ अंकले बढेको बजार त्यसयता निरन्तर घटिरहेको छ। गएको साता सोमबार १३.६१ अंक र मंगलबार ३०.३६ अंकले घटेको बजार बुधबार २५.१६ अंकले घटेको थियो। गएको साता अन्तिम दिनको कारोबारमा बिहीबार बजार २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा ओर्लिएको थियो। 

पछिल्लो गिरावटले बजारको अवस्था आँकलन गर्न सहज नभए पनि पुन: उचाइतर्फ फर्कने आशमा लगानीकर्ता रहेका छन्। बजारको अहिलेको अवस्थाले लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। माघमा ९१.६ अंकको सुधार देखाएको बजारले फागुनमा पनि उचाइतर्फकै लय समातिरहँदा अहिले वृद्धि रोकिएको छ।


प्रकाशित : मंगलबार, फागुन २७ २०८११५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend