शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण

images
मंगलबार, फागुन २७ २०८१
images
images
सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण

३ सय ५० रूपैयाँका दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ। छोटो अवधिमा स्नान गर्नेहरुका लागि प्रतिपटक १०० रूपैयाँ शुल्क तोकिएको छ।

images
images

म्याग्दी- बेनी नगरपालिका-४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो।

images
images

समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए। 'म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी संकलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ', उनले भने, 'कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शुल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला व्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाएका हौँ।'

images
images

यस्तै १५/१५ फिट लम्बाइ चौडाइ र दुई दशमलव पाँच फिट उचाइ भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्नसक्ने क्षमता रहेको सचिव केसीले बताए। हालको तातोपानी स्नानस्थलभन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ।

images
images

उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पुर्‍याउने संरचना निर्माण भएको छ। स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाइएको छ। ढल व्यवस्थापनका लागि नाली निर्माण गर्न बाँकी छ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको समस्या निको हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्यांक छ। ३ सय ५० रूपैयाँका दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ। 

छोटो अवधिमा स्नान गर्नेहरुका लागि प्रतिपटक १०० रूपैयाँ शुल्क तोकिएको छ। हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्न दुईवटा फरक-फरक पोखरी छन्। भ्रमण गर्न आउने र जाडो याममा स्नान गर्नेहरुको मङ्सिरदेखि फागुन-चैतसम्म घुइँचो लाग्ने गर्छ।

ठूलो पोखरीमा एकपटकमा ३०० जनाले स्नान गर्नसक्ने क्षमता छ। पाहुनाको चाप बढेकाले दुई/दुई घण्टाका दरले तीनवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ। हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताए।

प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत नगरपालिकालाई बुझाउने गरिएको छ। प्रवेश शुल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीको तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माविका पाँच निजी स्रोतका शिक्षकको तबलभत्तामा खर्च गरिँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend