आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट, नेपालको विकासका लागि थप सहकार्यको प्रतिबद्धता

images
मंगलबार, फागुन २७ २०८१
images
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट, नेपालको विकासका लागि थप सहकार्यको प्रतिबद्धता

भेटमा ईयुको लगानीमा निर्माण भएको चिलिमे-त्रिशुली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन्।

images
images
images

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो। युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ।

images
images

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएको उर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ। उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

images
images

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे। उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्‌मा पेस भइसकेकाले चाँडो पारित हुने बताए।

नेपालको ऊर्जा क्षेत्रमा युरोपियन युनियन प्रमुख साझेदार रहँदै आएको र नवीकरणीय ऊर्जा पहुँच, ग्रामीण विद्युतीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा ईयुको सहयोगप्रति मन्त्री खड्काले आभार व्यक्त गरे।

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन्। उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसासमेत गरिन्।

राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताइन्। अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो। भेटमा ईयुको लगानीमा निर्माण भएको चिलिमे-त्रिशुली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ।

भेटमा मन्त्री खड्कासँगै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डललगायतको सहभागीता रहेको मन्त्री खडकाको सचिवालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend