काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामाा ३ सय रुपैयाँ बढेको छ। मंगलबार ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ३ सय रुपैयाँ बढेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।