बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अबुवामा दरौँदी नदी जलविद्युत् आयोजना बन्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २६ २०८१
images
images
अबुवामा दरौँदी नदी जलविद्युत् आयोजना बन्ने

आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्ये ६ हेक्टर जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ। हाल मुआब्जा दिने प्रक्रिया चलिरहेको छ।

images
images

गोरखा- यहाँको गोरखा नगरपालिका-१३ स्थित अबुवामा ९.८४ मेगावाटको ‘दरौँदी नदी जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ। मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ लागतमा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो। 

images
images

सो आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने वातावरण प्रभाव मूल्यांकन (इआईए) तयार भइसकेको छ। विद्युत् खरिद प्रक्रिया (पीपीए) पनि भइसकेको प्रवर्द्धक कम्पनी मनकामना दरौँदी हाइड्रोपावरले जनाएको छ। 

images
images

आयोजनाको प्रस्तावित बाँध अबुवा पुलबाट पाँचसय मिटरमाथि सतिढुङगामा निर्माण हुने डीपीआरमा उल्लेख छ। पावर हाउस भने तीनकिलो नजिकै रहेको सिमलगैरीमा निर्माण गरिने आयोजनाका सञ्चालक बलराम केसीले जानकारी दिए। 

images
images

दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८२ सालको सुरुवातसँगै आयोजनाको शिलान्यास गरिने उनले बताए। आयोजनाले १४ हेक्टर क्षेत्रफल ओगट्ने, जसमध्ये ६ हेक्टर जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने हुन्छ। हाल मुआब्जा दिने प्रक्रिया चलिरहेको उनले बताए। 

आयोजनाको ढाँचा ‘पिकिङ रन अफ दि रिभर’ (पिआरओआर) प्रकृतिको छ। विद्युत् प्राधिकरणका पूर्वकर्मचारी समाज आयोजनाका प्रवर्द्धक छन्। जसमध्ये डा डम्बरहादुर नेपालीको नेतृत्वमा नौ जनाको कार्यकारी टिम रहेको छ।

नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त कर्मचारीले आर्जन गरेको ज्ञान, सीप, दक्षता, अनुभव र पुँजीलाई विद्युतकै क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजना विकास गरिएको कम्पनीले जनाएको छ। 

दुई वर्ष छ महिनाभित्र अर्थात सन् २०२७ जनवरीभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिसक्ने सो आयोजनाको प्रतिवेदनमा उल्लेख छ। 

आयोजनाका लागि कूल बजेटको ३० प्रतिशत स्वपुँजी र बाँकी ७० प्रतिशत बैंकबाट कर्जामा लिने आयोजनाले जनाएको छ। पुँजी ३० प्रतिशतलाई शतप्रतिशत मान्दा त्यसको ७५ प्रतिशत लगानी प्रवर्द्धकले गर्ने छन् भने १५ प्रतिशत आईपीओ र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दाको सेयरबाट आयोजना निर्माण गर्ने प्रतिवेदनमा भनिएको छ। रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८११८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend