मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

माघमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

सोमबार, फागुन २६ २०८१
माघमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

काठमाडौं- माघ महिनामा नेपालमा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। पुस मसान्तसम्ममा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

गत आर्थिक वर्ष बढी रेमिट्यान्स आएकाले यस वर्षको वृद्धिदरमा कमी देखिएको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ। गत वर्षको पुस मसान्तसम्ममा ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा यस वर्षको सोही अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको थियो। जसले गर्दा पुस मसान्तमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृत लिने नेपालीको संख्या २ लाख ७४ हजार रहेको छ भने बिदामा नेपाल आएर  पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति १ लाख ९० हजार र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ५७ हजार रहेको थियो।


प्रकाशित : सोमबार, फागुन २६ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend