सोमबार, फागुन २६ गते २०८१    
सोमबार, फागुन २६ २०८१
images
images

मुलुकको विकासमा सरकारको जोड : उपप्रधानमन्त्री सिंह

images
आइतबार, फागुन २५ २०८१
images
images
मुलुकको विकासमा सरकारको जोड : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताए।

images
images

भोजपुर- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको सरकार गठन भएको बताएका छन्। मुलुकको विकासलाई सरकारले जोड दिएको उनको भनाइ छ।

images
images
images

भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताए।

images
images

विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताए।

images
images
images

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उनले उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे।

त्यस अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य विनोद बान्तवा, पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, जनप्रतिनिधि तथा स्थानीय गण्यमान्य व्यक्ति, अभिभावक, पूर्वविद्यार्थीलगायत सहभागी थिए। रासस


प्रकाशित : आइतबार, फागुन २५ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend