सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

थपिए ५ हजार कोरोना सङ्क्रमित; ८ हजार संक्रमणमुक्त, २४ घण्टामा ३ लाखले लगाए खोप

images
बिजनेस न्युज
images
images
थपिए ५ हजार कोरोना सङ्क्रमित; ८ हजार संक्रमणमुक्त, २४ घण्टामा ३ लाखले लगाए खोप
images
images

काठमाडौं- पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। ८ हजार २ सय ६७ कोरोनाबाट मुक्त भएका छन्।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको पिसीआर परीक्षण गरिएको थियो। निको हुने दर ९१ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६ सय ५३ पुगेको छ।  

images

पछिल्लो २४ घण्टामा ३ लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या ४ लाख ४ हजार ३ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ।  

images

नौ जनाको मृत्यु

images
images

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म ११ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। 

यस्तै २ सयभन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन्।

नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत छ। हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ। 

images

प्रकाशित : मंगलबार, माघ १८ २०७८१२:५५
प्रतिक्रिया दिनुहोस