शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त

images
मंगलबार, माघ १८ २०७८
images
images
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त

राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो। रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो।

images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्।

images
images

राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो। रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो।

images

राजकुमार क्षेत्री उमेर हदका कारण अवकास भएपछि सरकारले अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो।  

क्षेत्रीले भने उमेरहद सकिए पनि महानिर्देशक पदमै बहाल रहनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। मुद्दामा सर्वोच्चले अन्तरकालिन आदेश दिँदै छलफलका लागि बोलाए पनि क्षेत्रीकै वकिलले पेशी सार्न आग्रह गरेपछि अहिलेसम्म मुद्दाको फैसला भएको छैन।

images

४२ वर्षका अधिकारी प्राधिकरणमा आठौँ तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११ औँ तहमा पुगेका हुन्। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन्।  


प्रकाशित : मंगलबार, माघ १८ २०७८१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend