मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

शनिबार, फागुन २४ २०८१
एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

हालका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान बैंकर्स संघका अध्यक्ष सुनिल केसीको दोस्रो कार्यकाल फागुन मसान्तबाट सकिने भएकाले संचालक समितिले घिमिरेलाई नयाँ सीईओमा नियुक्ति गरेको हो।

काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।

हालका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान बैंकर्स संघका अध्यक्ष सुनिल केसीको दोस्रो कार्यकाल फागुन मसान्तबाट सकिने भएकाले बैंकको संचालक समितिले घिमिरेलाई नयाँ सीईओ नियुक्ति गरेको हो। घिमिरे आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन्। 

हाल घिमिरे बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्। बैंकमा पहिलो नम्बरका डीसीईओ सुदेश उपाध्यायलाई छोडेर बैंकले दोस्रो नम्बरमा रहेका घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। 

घिमिरे कर्जा तथा ब्रान्च विशेषज्ञका रुपमा बैंकभित्र परिचित छन्। नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका घिमिरे सन् २००९ बाट एनएमबि बैंकमा कार्यरत छन्।

घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन्।


प्रकाशित : शनिबार, फागुन २४ २०८१०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend