शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

माछापुच्छ्रेको प्रस्ताव छाडेर सेञ्चुरीले मर्जरका लागि किन रोज्यो प्रभु बैंक?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १९ २०७८
images
माछापुच्छ्रेको प्रस्ताव छाडेर सेञ्चुरीले मर्जरका लागि किन रोज्यो प्रभु बैंक?
images
images

काठमाडौं- माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंक पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफलमा रहेको छ।

images
images
images

सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभुतिर मर्जर मोडिएको हो। सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको छ।  

images
images

सेञ्चुरी बैंकले मर्जरमा जानको लागि माछापुच्छ्रेसँग ९० रुपैयाँको स्वाप रेसियो मागेको थियो। तर, सुरुमा माछापुच्छ्रे बैंक सेञ्चुरीलाई ८५ सम्म दिन तयार भएको बुझिएको छ। ८५ प्रभुले नै दिने कुरा आएपछि माछापुच्छ्रे छाडेर सेञ्चुरी प्रभुतिर स्वाप रेसियोको छलफलमा लागेको छ। प्रभुले ८५ दिन अझै सहमति नदिएकोले निर्णयमा पुग्न सकेको छैन।

images
images

सम्भवत: केही सातामै सेञ्चुरी र प्रभु मर्जरमा कुनै सहमति हुने अनुमान गरिएको छ। सेञ्चुरीले भने १०० को ८८ कित्ता स्वाप रेसयो मागेको छ। हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएपछि यतिबेला धेरै बैंकहरू मर्जमा जानेगरी अनौपचारिक रूपमा तीब्र छलफलमा लागिरहेका छन्।

केही समयअघि नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौता गरेको थियो। मर्जका लागि हिमालयन र सिभिलको चर्चा पनि चलिरहेको छ। यता सनराइज र माछापुच्छ्रे बैंकको पनि मर्जको चर्चा चलिरहेको बेला प्रभु र सेञ्चुरी बैंकले पनि मर्जका लागि स्वाप रेसियोसमेतमा छलफल थालेका छन्। 

दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुदनाफा कमाएको छ। प्रभुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुदनाफा गरेको छ । 

सेञ्चुरीको चुक्त पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। त्यस्तै प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। कम्पनीको मर्जको चर्चा चलेपछि सेयर मूल्य केही बढेको छ। मंगलबार सेञ्चुरीको दोस्रो बजारमा २५८.२० रुपैयाँमा कारोबार भएको थियो। प्रभुको दोस्रो बजारमा मंगलबार ३३४ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, माघ १९ २०७८०१:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend