मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हिमालयन र नेपाल रिइन्स्योरेन्सको सेयरमा किन बढ्यो लगानीकर्ताको आकर्षण?

शनिबार, फागुन २४ २०८१
हिमालयन र नेपाल रिइन्स्योरेन्सको सेयरमा किन बढ्यो  लगानीकर्ताको आकर्षण?

पछिल्लो समय दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीका सेयर लगानीकर्ताले मनग्य नाफा बुक गरेका छन्।

काठमाडौं- गएको दुईसाता नै लगातार उकालो लागेर यो साता पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले बढेको सेयर बजार त्यसयता भने निरन्तर ओरालो लागिरहेको छ।

आइतबार ७५.२४ अंकले बढेको बजार सोमबार १३.६१ अंकले घटेको थियो भने मंगलबार ३० अंक र बुधबार २५ अंकको गिरावट आएको थियो। बिहीबार पनि बजार २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा ओर्लियो।

पछिल्लो समय दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीका सेयर लगानीकर्ताले मनग्य नाफा बुक गरेका छन्।

पछिल्लो एक महिनाको अवधिमा अन्य समूहको सूचक १७.७३ प्रतिशत वृद्धि भएको छ। यस समूहको सूचक गत माघ २२ गते २१३६.४३ रहेकोमा फागुन २२ गते बढेर २५१५.१९ बिन्दुमा पुगेको छ।

दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिहीबार हिमालयन रिइन्स्योरेन्स प्रतिकित्ता ४२ रुपैयाँ घटेर १०७३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा ११५६ रुपैयाँ रुपैयाँसम्ममा कारोबार भएको थियो। जुन गत सातामात्रै भएको थियो।

कम्पनीको पछिल्लो समय न्यूनतम ५१२ रुपैयाँबाट सेयर मूल्य बढ्न थालेको थियो। कम्पनीमा लगानी गर्नेले दोबर कमाइरहेका छन्।

hrl .png

त्यस्तै नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ बढेर १३५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको सेयर पछिल्लो ५२ हप्तामा १३८९ रुपैयाँसम्म उच्च मूल्य र ६३० रुपैयाँसम्म न्यूनतम मूल्यमा कारोबार भएको थियो।

nric.png

यी कम्पनी पुँजी वृद्धि अभियानमा रहेकाले आगामी दिनमा आकर्षक बोनस सेयर र हकप्रद सेयरमार्फत पुँजी बढाउने भएकाले लगानीकर्ताको रोजाइमा परेका हुन्।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ भने नेपाल रिइन्स्योरेन्सले पनि पुँजी पुऱ्याउन हकप्रद सेयर र बोनस सेयरलाई जोड दिन सक्ने विश्वासले पनि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुऱ्याउन निर्देशन यसअघि नै दिएको थियो। नेपाल रिइन्स्योरेन्सको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।


प्रकाशित : शनिबार, फागुन २४ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend