काठमाडौं- एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस फाइभ नेपाली बजारमा सार्वजनिक गरेको छ। बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको एमजी एस फाइभको सुरूवाती मूल्य ४३ लाख ९९ रूपैयाँ रहेको छ।
बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारमा दरिँदै गइरहेको एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एस फाइभ नेपाली बजारमा नयाँ मानक बन्ने विश्वास रहेको कम्पनीले जनाएको छ।
एमजीको नयाँ ईभी प्लेटफर्ममा बनेको एस फाइभ निक्कै अब्बल र शक्तिशाली अवतारमा आएको छ। एमजीको यो कार चीनपछि अन्तर्राष्ट्रिय बजारको पहिलो उपस्थिति नै नेपाल रहेको छ। एमजीले नेपाली बजारको विद्युतीय सवारीको स्वीकार्यतालाई समेत प्राथमिकता दिएको छ।
एक सय वर्षभन्दा पुरानो लिगेसी भएको एमजी ब्रान्डले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको र एकपछि अर्को उत्कृष्ट उत्पादनहरु ल्याउने क्रममा रहेको छ। पछिल्लो उत्पादन एमजी एस फाइभ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ।
पारामाउन्ट मोटर्सले एस फाइभ नेपाल भित्रिएलगत्तै मिडिया टेस्ट ड्राइभसमेत गराइसकेको छ। करिब ५० किलोमिटर दुरीमा गरिएको टेस्ट ड्राइभमा गाडीको स्ट्याविलिटी कन्ट्रो, शून्यदेखि १ सय किलोमिटरसम्मको परीक्षण तथा इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टमको अनुभव गराइएको थियो। यी तीन वटै गुणमा एस फाइभ अब्बल रहेको सावित भएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा जस्तो पावर र विशेषताले एमजी एस फाइभ भरिएको छ त्योभन्दा आकर्षक मूल्यमा कम्पनीले सो विद्युतीय एसयूभी उपभोक्तलाई उपलब्ध गराउँदै छ। सेगमेन्टकै सबैभन्दा धेरै विशेषता भएको एस फाइभ रेयर ह्वील ड्राइभ विद्युतीय कार हो।
पारामाउन्ट मोटर्सले विभिन्न तीन भेरियन्टमा एमजी एस फाइभ नेपाल ल्याएको छ। कम्पनीले ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित एस फाइभलाई तीन भेरियन्टमा ल्याएको हो।
एमजी एस फाइभ ईभी विशेषगरी मोडर्न र स्पोर्टी डिजाइनमा आधारित छ। एरोडाइनामिक सेप र फ्रेस डिजाइन एलिमेन्टसहित एस फाइभ ईभी बनेको छ। मोर भर्टिकल क्याबिन स्पेस, उत्कृष्ट क्याबिन स्पेसहित पर्यात लेग र हेड रुम एस फाइभमा उपलब्ध छ।
बर्न इलेक्ट्रिक प्योर ईभी प्लेटफर्म अर्थात एमएसपी (मोडुलर स्कलेवल प्लेटफर्म)मा आधारित रहेको छ। त्यस्तै एस फाइभ ईभीको महत्वपूर्ण कुरा रेयर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप हो।
९९ किलोवाट मोटर भएको एस फाइभले २५० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा सीउटीएलले उत्पादन गरेको ४९ किलोवाट आवर एलएफपी ब्याट्री प्याक छ जसले ३ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। त्यस्तै ६२ किलोवाट आवर ब्याट्री प्याक भएको एस फाइभले ४ सय ३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ।
हिटेड फ्रन्ट सिट भएको एस फाइभ ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ। यो कारमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा पातलो ब्याट्री प्याक करहेको कम्पनीले दाबी गरेको छ।
यसका साथै एमजी एस फाइभमा एमजी एप कनेक्टिभिटी रहेको छ। यसबाट तीन वर्षसम्म युट्युब, टिकटक, स्पोर्टफाइ र च्याट जीपीटी कनेक्ट हुनेछ।
एमजीले इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील रहेको छ भने माथिल्ला दुई भेरियन्टमा १८ इन्चको ह्वील उपलब्ध रहेको छ। एमजी एस फाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ र उचाइ १६ सय २१ एमएम रहेको छ।