काठमाडौं- मंगलबार नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ। सातामा कारोबारको तेस्रो दिन मंगलबार लगानीकर्ता सेयर खरिदमा केन्द्रित हुँदा सेयर मूल्यसमेत बढेको छ।
कम्पनीको मंगलबार ३९ करोड १ लाख बराबरको सेयर खरीद बिक्री भएको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१७ रूपैयाँ कायम भएको छ। कम्पनीको ७.५० प्रतिशतले वृद्धि भएको हुँदा ९ लाख ५५ हजार २७० कित्ता सेयर खरीद बिक्री भएको छ।
कम्पनीले हालसम्म कुनै पनि सेयरधनीलाई लाभांश दिएको छैन। यस वर्ष कम्पनीले आकर्षक लाभांश दिने चर्चा सार्वजनिक भएसँगै सर्वाधिक सेयर खरीद बिक्री बढेको हो। यसवर्ष कम्पनी लाभांश दिने चर्चा चलेपछि कम्पनीको सेयर मूल्य बढ्दै आएको छ।