आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

साँखुमा टिपर अनियन्त्रित भएर टहरामा ठोक्किँदा सुतिरहेका तीन जनाको मृत्यु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
images
साँखुमा टिपर अनियन्त्रित भएर टहरामा ठोक्किँदा सुतिरहेका तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भइ युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो।

images
images

काठमाडौं- काठमाडौंको साँखुमा आज शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

images
images
images

बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौंको शङ्खरापुर नगरपालिका-६ साँखु सलम्बुटारस्थित साँखु-ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो। 

images
images

सो टहरोमा ६१ जना बस्दै आएका छन्।  टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

images
images

सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए। उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend