बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अमेरिकी डलरसँगै बढ्यो अस्ट्रेलियन डलर र युरोको भाउ, यस्तो छ विनिमयदर

images
शुक्रबार, फागुन २३ २०८१
images
images
अमेरिकी डलरसँगै बढ्यो अस्ट्रेलियन डलर र युरोको भाउ, यस्तो छ विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। बिहीबार यसको भाउ १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ थियो।

images
images

त्यस्तै युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा थियो।

images
images

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। बिहीबार एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो। क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा तोकिएको छ। बिहीबार एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो।

images
images

त्यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ११ पैसा र बिक्रीदर २० रुपैयाँ २० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २३ २०८१०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend