शनिबार, असोज ५ गते २०८१    
images
images

विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने, यस्ता छन् सरकारको अरू निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
images
images
विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने, यस्ता छन् सरकारको अरू निर्णय

विभिन्न मालपोत र नापी कार्यालयका लागि कार्यक्षेत्र निर्धारण गर्ने निर्णय पनि भएको छ।

images
images

काठमाडौं- नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब रूपैयाँ) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ।

images
images
images

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

यस्ता छन् अरू निर्णय-

हिमाल आरोहण दल (नेपाली सेना)का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने,

images

शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने,

यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिने

नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग साहलाई बढीमा चार वर्षका लागि नियुक्ति दिने

नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्ति दिने

सहसचिव रामेश्वर दङ्गाललाई सरकारको सचिव पदमा बढुवा गर्ने

लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने

कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गर्ने

विभिन्न मालपोत र नापी कार्यालयका लागि कार्यक्षेत्र निर्धारण 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend