मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनआईसी एसिया बैंकको २७औँ साधारणसभा सम्पन्न

बिहीबार , फागुन २२ २०८१
५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव  पारित गर्दै एनआईसी एसिया बैंकको २७औँ साधारणसभा सम्पन्न

यस्तै बैंकले आफ्नो पुँजीकोषमा रहेको दबाब कम गर्न ५ अर्ब रुपैयाँ बराबरको एनआईसी एसिया अविमोच्य अञ्चित अग्राधिकार जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो २७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। आज(बिहीबार) काठमाडौंको भद्रकाली आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन्।

साधारणसभाले बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब खाता, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पास गरेको छ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली पनि समयानुकूल संशोधन थप गर्ने प्रस्तावसहित पारित भएको छ।

यस्तै बैंकले आफ्नो पुँजीकोषमा रहेको दबाब कम गर्न ५ अर्ब रुपैयाँ बराबरको एनआईसी एसिया अविमोच्य अञ्चित अग्राधिकार जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ। बैंकले ८.५ प्रतिशत लाभांश दर राखेर १ रुपैयाँका दरले ५ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको हो। 

सञ्चालक समितिले पारित गरेसँगै अब राष्ट्र बैंकसँग अग्राधिकार सेयरका लागि अनुमति माग्ने बाटो बैंकलाई खुलेको छ।

बैंकले गत आर्थिक वर्ष करिब ७० करोड रुपैयाँ खुद नाफा गरेपनि बैंकको २ खर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको छ। वितरणयोग्य घाटा रहेकाले बैंकले यस वर्ष आफ्ना लगानीकर्तालाई लाभांश दिएन।

पुँजीकोषमा परेको दबाबका कारण बैंकले असुलीमा तीव्रता दिइरहेको छ। गत वर्षबाट बैंकले कर्जा प्रवाह गरेको छैन। चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकले प्रथामिक पुँजीकोष पुर्‍याएसँगै कर्जा प्रवाहका लागि बाटोसमेत खुलेको छ।


प्रकाशित : बिहीबार , फागुन २२ २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend