मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा साताको अन्तिम कारोबार पनि ओरालोतिरै, आगामी साता बढ्ला?

बिहीबार , फागुन २२ २०८१
सेयर बजारमा साताको अन्तिम कारोबार पनि ओरालोतिरै, आगामी साता बढ्ला?

केही दिनको गिरावटले बजारको अवस्था आकलन गर्न सहज नभए पनि पुन: उचाइतर्फ फर्कने आशमा लगानीकर्ता रहेका छन्।

काठमाडौं- गएको दुईसाता नै लगातार उकालो लागेर यो साता पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले बढेको सेयर बजार त्यसयता भने निरन्तर ओरालो लागिरहेको छ। आइतबार ७५.२४ अंकले बढेको बजार सोमबार १३.६१ अंकले घटेको थियो भने मंगलबार ३० अंक र बुधबार २५ अंकको गिरावट आएको थियो।

बिहीबार पनि बजार २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा ओर्लिएको छ। ९९ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब १० करोड १८ लाख रूपैयाँको कारोबार भएको छ। बिहीबार १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

गएको दुई सातामा १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि बढेको थियो। लगातार २११.०१ अंकको वृद्धिपछि बजार पुन: ओरालोतिर लागेको हो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो।

फागुनमा बजारले उचाइतर्फकै लय समातिरहँदा अहिले वृद्धि रोकिएको छ। केही दिनको गिरावटले बजारको अवस्था आकलन गर्न सहज नभए पनि पुन: उचाइतर्फ फर्कने आशमा लगानीकर्ता रहेका छन्।


प्रकाशित : बिहीबार , फागुन २२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend