आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटक आकर्षित गर्न गलेश्वर बजारमा सौन्दर्यकरण थालियो

images
बिहीबार , फागुन २२ २०८१
images
पर्यटक आकर्षित गर्न गलेश्वर बजारमा सौन्दर्यकरण थालियो

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

images
images

म्याग्दी- म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुवात भएको छ।

images
images
images

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो।

images
images

परियोजनामार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुंगा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका-९ का वडा अध्यक्ष चक्र केसीले बताए।

images
images

'मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरुको बसाइ लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना सुरु गरिएको हो,' उनले भने, 'बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको ३० लाख रूपैयाँ बजेटबाट सुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौँ।'

गलेश्वर बजार भित्रको सडकमा ढुंगा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको व्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताए। भुइँमा बिछ्याइने ढुंगामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइन गरिएको छ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख रूपैयाँ बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले ६ लाख रूपैयाँ, पुलह पुलत्स्य अन्न क्षेत्र र राधाकृष्ण मन्दीरले दुई/दुई लाख रूपैयाँ उपलब्ध गराएका छन्। 

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले २४ लाख ३६ हजार पाँचसय ७१ रूपैयाँमा ठेक्का लिएको छ।

गत माघ महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधि नवराज बरुवालले भुइँमा बिछ्याउने ढुंगा तयार पार्ने काम भइरहेको र तयार भएपछि ल्याएर यसै आर्थिक वर्षभित्र बिछ्याइने बताए।

कालीगण्डकी नदी किनारमा नौरोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ।

हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ। दैनिक नित्य पुजाआजा हुने गर्छ। रासस


प्रकाशित : बिहीबार , फागुन २२ २०८११२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend