काठमाडौं- भारतले नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान दिने भएको छ।
आर्थिक वर्ष २०२२/२३ को बजेटमा नेपालका लागि ७ अर्ब ५० करोड भारु विनियोजन प्रस्ताव गरिएको छ। भारतीय अर्थमन्त्री निर्मला सितरारमणले नेपालका प्रस्तुत गरेको बजेटमा गत वर्षको तुलनामा बढाएर अनुदान विनियोजन गरिएको छ।
गत वर्ष १० अर्ब ४० करोड अनुदान दिएको भारतिले यो वर्ष बढाएर विनियोजन प्रस्ताव गरेको छ।
भारतले नेपाल लगायतका देशहरुलाई वर्षेनी अनुदान दिँदै आएको छ।