आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित पाँच जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २२ २०८१
images
चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित पाँच जना पक्राउ

थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौंबाट पाँच जना पक्राउ परेका छन्।

images
images
images

राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो। 

images
images

बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो। 

images
images

प्रहरीले उनीहरुका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका ६ थान मोबाइल बरादम गरेको छ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 


प्रकाशित : बिहीबार , फागुन २२ २०८११०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend