मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

भुक्तानी सञ्चालक संस्थाहरूलाई अनिवार्यरुपमा पब्लिक कम्पनीमा परिणत हुन राष्ट्र बैंकको निर्देशन

बिहीबार , फागुन २२ २०८१
भुक्तानी सञ्चालक संस्थाहरूलाई अनिवार्यरुपमा पब्लिक कम्पनीमा परिणत हुन राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी सञ्चालनसम्बन्धी काम गर्ने संस्थाहरूलाई अनिवार्यरुपमा पब्लिक कम्पनीमा परिणत हुन निर्देशन दिएको छ। भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन तथा सेटलमेन्टमा संलग्न सबै संस्थाहरुलाई २०८५ भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भइसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

एटीएम कार्ड  सेवा उपलब्ध गराउने कम्पनीहरु, मोबाइल बैंकिङ सम्बन्धी काम गर्ने फोन पे र नेपाल क्लियरिङ हाउस लगायतका संस्थाहरुलाई अनिवार्यरुपमा पब्लिक कम्पनीमा परिणत हुन राष्ट्र बैंकले निर्देशन जारी गरेको हो। 

भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरु हाल प्राइभेट कम्पनीको रुपमा सञ्चालन भइरहेका छन्। फोन पेले मोबाइल बैंकिङ तथा क्युआर सम्बन्धी कारोबार गर्दै आएको छ भने नेपाल क्लियरिङ हाउसले वेबमा आधारित रहेर सना तथा ठूला रकमको भुक्तानी सेवा दिँदै आएको छ। 

फोन पे  एफवान सफ्टअन्तर्गतको भगनी संस्था हो। यस्तै नेपाल क्लियरिङ हाउसमा नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुको लगानी रहेको छ। यी कम्पनीहरुले अन्तरदेशीय भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कारोबारसमेत गर्दै आएका छन्।


प्रकाशित : बिहीबार , फागुन २२ २०८१०९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend