शनिबार, मंसिर ८ गते २०८१    
images
images

घटेको सेयर बजार चुनाव हुने निश्चित भएपछि पुनः फर्कियो, उच्च बिन्दुमा बढ्दै

images
मंगलबार, माघ १८ २०७८
images
images
घटेको सेयर बजार चुनाव हुने निश्चित भएपछि पुनः फर्कियो, उच्च बिन्दुमा बढ्दै
images
images

काठमाडौं- सेयर बजार मंगलबारको कारोबारमा सुरुमा घटेर उतारचढाव भए पनि चुनाव हुने पक्का भएपछि फर्किएको छ। बजार मंगलबार दोहोरो अंकले बढेको छ।

images
images
images

मंगलबार १९.२६ अंकले बढेर बजार २८९१.३० बिन्दुमा पुगेको हो। मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ३६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

आइतबार १०५.५५ अंकले बढेको बजारमा सोमबार भने १४.४८ अंकले करेक्सन आएको थियो। मंगलबार २९७५.७४ बिन्दुबाट कारोबार सुरु भएको थियो।

images

बजार खुल्नेवित्तिकै दोहोरो अंकले घटेर २८५७.९५ बिन्दुमा ओर्लिएको थियो। पौने १ बज्दा बजार बढेर २८८१.३५ बिन्दुमा पुगेको थियो। सोही समय एकाएक चुनावी चर्चा आएसँगै लगानीकर्ता उत्साहित देखिए। जसका कारण मंगलबार बजार बन्द हुने समयमा उकालो लागेको हो। 

चुनावी वर्षमा सेयर लगानीकर्ता उत्साहित भएर लगानी गर्ने भएकोले अपवादबाहेक बढ्ने गरेको सेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन्। ‘आजको प्रधानमन्त्रीको समाचारले समेत सेयर बजारलाई साथ दिएकोले केही समयमै नेप्से उच्च अंकमा जाने देखिन्छ,’ रौनियारले भने। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै निर्वाचन आयोगसँग निर्वाचन गरिने मिति तोक्ने विषयमा छलफल गर्दै छन्।

nepse 111.PNG

यसअघि पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। तर यो साता आइतबारको बजारले भने सकारात्मक संकेत गर्दै वृद्धिमा सहयोग गरेको थियो। सोमबार करेक्सन आए पनि मंगलबार बजार पुन: फर्किएको छ।

गएको साता बजारमा गिरावट आइरहँदा पनि विश्लेषकहरूले मौसमी परिवर्तन देखिएको र बजार घट्ने ठाउँ नरहेको बताइरहेका थिए। अहिले देखिएको वृद्धिले समेत सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषकको भनाइ छ।


प्रकाशित : मंगलबार, माघ १८ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend