मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एटीएम कारोबारलाई ग्राहकमैत्री बनाउन राष्ट्र बैंकको निर्देशन, अनलाइनबाटै विवाद दर्ता र समाधानको व्यवस्था मिलाउनुपर्ने

बिहीबार , फागुन २२ २०८१
एटीएम कारोबारलाई ग्राहकमैत्री बनाउन राष्ट्र बैंकको निर्देशन, अनलाइनबाटै विवाद दर्ता र समाधानको व्यवस्था मिलाउनुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले एटीएम प्रयोगलाई थप ग्राहकमैत्री बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। ग्राहकको समस्या समाधान गर्नका लागि एटीएम बुथहरुमा आधिकारिक व्यक्तिको नाम, नम्बर नियमितरुपमा अद्यवाधिक गरी अभिलेख राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

एटीएम सम्बन्धी ग्राहकलाई कुनै जानकारी आवश्यक भएमा सम्बन्धित कर्मचारीको नाम, मोबाइल नम्बर, संस्थाको नाम, नम्बर र ठेगाना प्रस्टरुपमा बुझिने गरी नेपाली तथा अंग्रेजी दुबै भाषामा राख्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ। 

कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएमबाट नगद ननिस्किएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्था र कार्ड जारी गर्ने संस्थामा पुग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले जारी गरेको छ। 

यसका साथै विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्ड प्रयोग गर्दा लाग्ने ब्याजदर र कार्ड प्रयोग गर्दा प्राप्त गर्दा प्राप्त हुने अन्य सुविधाका बारेमा ग्राहकलाई सूचनामूलक सामाग्री उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

एटीएम लगायत विभिन्न प्रकारका विवाद, विवाद व्यवस्थापन र विवाद व्यवस्थापन गर्न लाग्ने अधितम समयावधि लगायतका विषय समेटेर विवाद व्यवस्थापन कार्यविधि तयार गर्न राष्ट्र बैंकले भनेको छ।

ग्राहकको विवाद दर्ता गर्न तथा विवाद समाधानको अवस्थाबारे जारी सूचना प्राप्त गर्न एप तथा वेबसाइडमा आवश्यक व्यवस्था गर्नसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।


प्रकाशित : बिहीबार , फागुन २२ २०८१०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend