मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

२५ अंकले घट्यो सेयर बजार, १० अर्ब ९७ करोड रुपैयाँको कारोबार

बुधबार, फागुन २१ २०८१
२५ अंकले घट्यो सेयर बजार, १० अर्ब ९७ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर देखिएको सेयर बजार पुन: लगातार तीन दिनको कारोबारमा घटेको छ। सोमबार सामान्य 'करेक्सन' देखिएको सेयर बजार मंगलबार र बुधबार पनि ओरालोतिर नै लागेको हो। 

गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि  ७५.२४ अंकले बढेको थियो। त्यसयता तीन कारोबार भने घटेको हो।

सोमबार १३.६१ अंक र मंगलबार ३०.३६ अंकले घटेको बजार बुधबार २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा पुगेको छ। १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको कारोबार भएको बजारमा ६२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १७४ कम्पनीको सेयर मूल्य घटेको बजारमा ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुनमा बजारले उचाइतर्फकै लय समातिरहँदा अहिले वृद्धि रोकिएको छ। तीन दिनको गिरावटले बजारको अवस्था आँकलन गर्न सहज नभए पनि पुन: उचाइतर्फ फर्कने आशमा लगानीकर्ता रहेका छन्। 


प्रकाशित : बुधबार, फागुन २१ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend