शुक्रबार, जेठ ४ गते २०८१    
images
images

यी हुन् विद्युतीय सवारीका १० उत्कृष्ट ब्याट्री निर्माता

६ महिनामा टेस्ला र अरू ५ प्रतिस्पर्धीको ब्याट्री खपत बराबरी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
images
यी हुन् विद्युतीय सवारीका १० उत्कृष्ट ब्याट्री निर्माता

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री सबैभन्दा महत्वपूर्ण पक्ष हो। ब्याट्रीको लागत महँगो परेकाले नै विद्युतीय सवारी महँगो भएको हो। विगतको तुलनामा ब्याट्रीको उत्पादन लागत घट्दै गएको र भविष्यमा अझै घट्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री सबैभन्दा महत्वपूर्ण पक्ष हो। ब्याट्रीको लागत महँगो परेकाले नै विद्युतीय सवारी महँगो भएको हो। विगतको तुलनामा ब्याट्रीको उत्पादन लागत घट्दै गएको र भविष्यमा अझै घट्ने अनुमान गरिएको छ।

images
images
images

विश्वका ठूला कम्पनीहरूले ब्याट्री उत्पादनमा अर्बौं डलर लगानी गरेका छन्। विद्युतीय सवारीको माग बढ्दै गएकाले त्यसमा प्रयोग हुने ब्याट्रीको मागसमेत उल्लेख्य रूपमा बढेको छ।

images

यसरी माग बढेसँगै ब्याट्री उत्पादन गर्ने कम्पनीहरूको संख्यासमेत बढेको छ। ब्याट्री उत्पादकहरूका लागि अहिलेको समय सबैभन्दा महत्वपूर्ण हो। २०३० सम्ममा विश्वभर १४ करोड ५० लाख विद्युतीय सवारी सडकमा गुडिरहेका हुनेछन्। यो संख्या २०२० सम्ममा १ करोड रहेको इन्टरनेशनल इनर्जी एजेन्सीले जनाएको छ। २०२० मा मात्र विश्वभर ३० लाख विद्युतीय सवारी दर्ता भएको थियो।

images
images

ती सवारीले १ सय ३५.५ गिगावाट-आवर ब्याट्री खपत गरेका थिए। यो ब्याट्री खपत अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत धेरै हो। विश्वभर फैलिएको कोरोना महामारीको समयमा समेत ब्याट्रीको उत्पादन उल्लेख्य रूपमा बढेको स्पेक्ट्रम डट आईईईई डट ओआरजीले लेखेको छ।

images
images

यहाँ विश्वका १० उत्कृष्ट ब्याट्री निर्माता कम्पनीहरू र तिनको उत्पादन क्षमताबारे उल्लेख गरिएको छ। 

१. कन्टेम्पोररी एम्प्रेक्स टेक्नोलोजी (सीएटीएल)

यो कम्पनीले बनाएको ब्याट्री बीएमडब्लू, डोङफेङ मोटर कर्प, होन्डा, एसएआईसी मोटर कर्प, टेस्ला, फक्सवागन ग्रुप, भोल्भो कार ग्रुपले प्रयोग गर्दै आएका छन्। यो कम्पनीले २०२१ को जनवरीदेखि मेको अवधिमा २१.६ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। सीएटीएलको ब्याट्रीमा २६ प्रतिशत बजार हिस्सा रहेको छ।

२. एलजी इनर्जी सोलुसन

जनरल मोटर्स, ग्रुप रेनो,  टेस्ला, भोल्भो र फक्सवागन ग्रुपले यो कम्पनीका ब्याट्री किन्दै आएको र किन्ने बताएका छन्। २०२१ को जनवरीदेखि मेको अवधिमा एलजी इनर्जीले २१.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। ब्याट्री बजारमा एलजीको हिस्सा २६ प्रतिशत नै रहेको छ।

३. पानासोनिक

जापानी कम्पनी पानासोनिकले बनाएको ब्याट्री टेस्ला र टोयोटाले लिँदै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा १४.१ गिगावाट आवर ब्याट्री बनाएको पानासोनिकको बजार हिस्सा १७ प्रतिशत रहेको छ।

४. सामसुङ एसडीआई

सामसुङ एसडीआईले उत्पादन गरेको ब्याट्री बीएमडब्लू, फोर्ड, फक्सवागन ग्रुपलगायतले प्रयोग गर्दै आएका छन्। २०२१ को जनवरीदेखि मेको अवधिमा ५.५ गिगावाट आवर ब्याट्री बनाएको सामसुङ एसडीआईको बजार हिस्सा ७ प्रतिशत रहेको छ।

५. बीवाईडी को

चिनियाँ विद्युतीय कारको पायोनियर मानिने बीवाईडीले उत्पादन गरेको ब्याट्री बीवाईडी आफैंले र फोर्डले लिँदै आएको छ। बीवाईडीले २०२१ को जनवरीदेखि मेको अवधिमा ५.५ गिगावाट आवर ब्याट्री बनाएको हो। ब्याट्री उत्पादन बजारमा बीवाईडीको बजार हिस्सा ७ प्रतिशत रहेको छ।

६. एसके इन्नोभेसन

एसके इन्नोभेसनले उत्पादन गरेको ब्याट्री मर्सिडिज उत्पादक कम्पनी डिम्लर,  फोर्ड,  हुन्डाई र कियाले उपयोग गर्दै आएका छन्। कम्पनीले २०२१ को जनवरीदेखि मेको अवधिमा ३.४ गिगावाट ब्याट्री बनाएको थियो भने ब्याट्री बजारमा यसको हिस्सा ४ प्रतिशत रहेको छ।

७. चाइना एसिएसन लिथियम ब्याट्री (सीएएलबी)

यो कम्पनीले उत्पादन गरेको ब्याट्री जीएसी मोटर र झेजिङ जिली होल्डिङ ग्रुपले लिँदै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा यो कम्पनीले २.७ गिगावाट आवर ब्याट्री बनाएको हो।  ब्याट्री उत्पादनका आधारमा यसको ३ प्रतिशत बजार हिस्सा रहेको छ।

८. गोसन हाइटेक

यो कम्पनीले उत्पादन गरेको ब्याट्री दुई चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइल र एसएआईसी तथा जर्मन कम्पनी फक्सवागन ग्रुपले प्रयोग गर्दै आएको छ। २०२१ को जनवरीदेखि मेको अवधिमा १.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको यो कम्पनीको बजार हिस्सा २ प्रतिशत रहेको छ।

९. अटोमोटिभ इनर्जी सप्लाइ कर्प (एईएससी)

यो कम्पनीले उत्पादन गरेको ब्याट्री ग्रुप रेनो र निसानले लिँदै आएका छन्। एईएससीले २०२१ को जनवरीदेखि मेसम्मको अवधिमा १.४ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो। ब्याट्री बजारमा यो कम्पनीको हिस्सा २ प्रतिशत रहेको छ।

१०. रूईपु इनर्जी को (आईपीटी)

यो कम्पनीले उत्पादन गरेको ब्याट्री चिनियाँ कम्पनीहरू डोङफेङ र युदो अटोले प्रयोग गर्दै आएका छन्। यो कम्पनीले २०२१ को जनवरीदेखि मेसम्मको अवधिमा ०.६ गिगावाट आवर ब्याट्री उत्पादन गरेको थियो भने ब्याट्री उत्पादनमा यसको बजार हिस्सा १ प्रतिशत रहेको छ।

छ ठूला ब्याट्री उत्पादक कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री बजारमा प्रभुत्व कायम गरेका छन्। २०२० को पछिल्लो छ महिनामा उत्पादन भएका कार मध्ये ८९ प्रतिशत ब्याट्री बीवाईडी, सीएटीएल, एलजी इनर्जी, पानासोनिक, सामसुङ एसपीआई र एसके इन्नोभेसन नै उत्पादन गरेका थिए।

टेस्लाले २०२० को ६ महिनामा २२.५ गिगावाट ब्याट्री विद्युतीय कार उत्पादनमा प्रयोग गरेको थियो। यति नै ब्याट्री टेस्लाका पाँच प्रतिस्पर्धी बीवाईडी,  हुन्डाई,  मर्सिडिज,  रेनो र फक्सवागनले प्रयोग गरेका थिए। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८०५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend