काठमाडौं- पछिल्लो समय क्रिप्टोकरेन्सीमा अत्याधिक लगानी बढ्न थालेपछि भारत सरकारले आफ्नै डिजिटल रुपैयाँ ल्याउने भएको छ।
नयाँ बजेट प्रस्तु गर्दै भारतीय अर्थतन्त्री निर्मला सितारमणले भारतको केन्द्रीय बैंकले ब्लकचेनमा आधारित डिजिटल रुपैयाँ लन्च गर्ने जानकारी दिएकी छन्।
भारतमा पाँच अर्ब अमेरिकी डलर भन्दा बढी क्रिप्टोमा लगानी रहेको अनुमान छ। क्रिप्टोमा लगानी जोखिमपूर्ण बन्दै गएको निष्कर्षमा भारत सरकार पुगेको छ। डिजिटल मुद्राका बारेमा यसअघि पनि छलफल भएको थियो। अहिले आएर बजेटबाटै भारत सरकारले घोषणा गरेको छ।
डिजिटल मुद्राको प्रकृति, प्रविधिका बारेमा रिजर्भ बैंक अफ इन्डियाले तय गर्ने छ।