शनिबार, असोज ५ गते २०८१    
images
images

क्रिप्टो कारोबारमा भारतले लगायो कर 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
images
images
क्रिप्टो कारोबारमा भारतले लगायो कर 

यसघि भारत सरकारले क्रिप्टोमा लगानी गर्न रोक लगाउने निर्णय गरेपनि अदालतले सरकारको निर्णय उल्टाइदिएको थियो। अहिलेसम्म सोही आदेशकै कारणले भारतीय नागरिकले क्रिप्टोमा लगानी गरिरहेका छन्। 

images
images

काठमाडौं- भारत सरकारले क्रिप्टोकरेन्सीको कारोबारबाट हुने आम्दानीमा कर लगाउने घोषणा गरेको छ। 

images
images
images

आर्थिक वर्ष सन् २०२२/२३ को वार्षिक बजेट प्रस्तु गर्दै अर्थमन्त्री निर्मला सितरमणले कुनै पनि डिजिटल क्वाइनको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी छन्। 

भारतमा क्रिप्टो कारोबारको व्यवस्थित कानूनी व्यवस्था छैन।  यस्तो कारोबारलाई नियमन गर्ने विशिष्ट कानूनी व्यवस्था नभएपनि अहिले आएर कर लगाउने घोषणा गरिएको हो। 

यसघि भारत सरकारले क्रिप्टोमा लगानी गर्न रोक लगाउने निर्णय गरेपनि अदालतले सरकारको निर्णय उल्टाइदिएको थियो। अहिलेसम्म सोही आदेशकै कारणले भारतीय नागरिकले क्रिप्टोमा लगानी गरिरहेका छन्। 

images

क्रिप्टोमा लगानी गर्न, त्यस्तो लगानीमा बैंकिङ सहभागितामा भने अहिलेसम्म रोकतोक छैन। पछिल्लो समय भारतमा क्रिप्टो लगानीको बजार बढ्दै गएको छ। यसको यकिन आँकडा नभएपनि कम्तिमा ५ अर्ब डलर बढीको बजार रहेको अनुमान गरिएको छ। 

 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend