काठमाडौं- बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालमा आधिकारिक कम्पनी वरुण वेभरेज लिमिटेडले भ्याट छली गरेको पुष्टि भएको छ। वरुणले आर्थिक वर्ष २०७९/०८० को कारोबारमा भ्याट छली गरेको पुष्टि भएको छ।
राजस्व न्यायाधिकरणका अध्यक्ष ब्रजेश प्याकुरेल र लेखा सदस्य बासुदेव खनालको इजलासले वरुण वेभरेज नेपाल प्रालिले मूल्य अभिवृद्धि कर छली भएको ठहर गरेको हो।
ठूला करदाता कार्यालयले निर्धारण गरेको थप भ्याट रकममा चित्त नबुझेको भन्दै वरुण नेपाल प्रालि आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकनमा गएको थियो।
आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकनले पनि ठूला करदाता कार्यालयको निर्णयलाई नै सदर गरेको थियो। उक्त विषयलाई लिएर वरुण नेपाल प्रालि २०८१ कात्तिक २० गते राजस्व न्यायाधिकरण पुगेको थियो।
राजस्व न्यायाधिकरणले पनि ठूला करदाता कार्यालय हुँदै प्रशासकीय पुनरावलोकनबाट भएको निर्णयलाई नै सदर गरेसँगै भ्याट छली पुष्टि भएको हो।
न्याधिकरण स्रोतका अनुसार वरुणले ६ लाख ७ हजार २ सय ४८ रुपैयाँ भ्याट छली गरेको पुष्टि भएको छ। साथै आयकर छलीको विषयमा भने प्रशासकीय पुनरावलोनको निर्णयमा हेरफेर हुने आदेश राजस्व न्यायाधिकरणले गरेको छ।
वरुण वेभरेज नेपाल प्रालिले नेपालमा पछिल्लो समय भूमिगत पानीको दोहनसमेत गरिरहेको छ। २०७९/०८० मा कम्पनी भूमिगत पानी दोहनमासमेत कारबाहीमा परेको छ।
भूमिगत पानी दोहन गर्दै कारबाही भोगेको पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजलाई कर दिवसको दिन सम्मान