बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सेयर बजारमा रोकियो उचाइतर्फको लय, ३० अंकले घट्यो, १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार

images
मंगलबार, फागुन २० २०८१
images
images
सेयर बजारमा रोकियो उचाइतर्फको लय, ३० अंकले घट्यो, १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- लगातार २११.०१ अंकको वृद्धिपछि सोमबार सामान्य 'करेक्सन' देखिएको सेयर बजार मंगलबार पनि ओरालोतिर नै लागेको छ। 

images
images

गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि  ७५.२४ अंकले बढेको थियो। त्यसयता दुई कारोबार भने घटेको हो।

images
images

सोमबार १३.६१ अंकले घटेको बजार मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा झरेको छ। १२ अर्ब ९४ करोड  ६४ लाख रुपैयाँको कारोबार भएको बजारमा ४१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुनमा बजारले उचाइतर्फकै लय समातिरहँदा अहिले वृद्धि रोकिएको छ। दुई दिनको गिरावटले बजारको अवस्था आँकलन गर्न सहज नभए पनि पुन: उचाइतर्फ फर्कने आशमा लगानीकर्ता रहेका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइको संकेत भने देखाएको छ। बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।  

बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। लामो समयदेखि देखिएको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भएकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, फागुन २० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend