बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २० २०८१
images
images
मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

खानेपानीसँग सम्बन्धितबाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ। कहिलेकाहिँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ।

images
images

काठमाडौं- थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ।

images
images

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। यसपटक भने समस्या समाधान छिटो गरिएको छ। बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

images
images

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए। बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ।

images
images

त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए। पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ। मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ। 

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ। त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए। यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ। 

खानेपानीसँग सम्बन्धितबाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ। कहिलेकाहिँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २० २०८११३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend