मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि 'केपीएमजी'सहित ६ कम्पनी सर्टलिस्ट

मंगलबार, फागुन २० २०८१
१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि 'केपीएमजी'सहित ६ कम्पनी सर्टलिस्ट

काठमाडौं- विभिन्न १० ठूला वाणिज्य बैंकहरूको 'लोन पोर्टफोलियो रिभ्यु'का लागि ६ कम्पनी सर्टलिस्ट भएका छन्।

यसअघि आर्थिक प्रस्तावमा असहमति जनाउँदै ठेक्का प्रकृया नै रद्द गरेको 'केपीएमजी'लाई समेत समेटेर राष्ट्र बैंकले ६ स्वतन्त्र लेखापरीक्षक फर्महरू छनौट गरेको हो। 

जसअन्तर्गत पहिलो नम्बरमा श्रीलंकाको लेखापरीक्षक कम्पनी डेलोइट पार्ट्स, बंगालदेशको लेखापरीक्षक कम्पनी हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी, एमएसकेए एण्ड एसोसियट्स रहेका छन्। नेपाल र भारतको ज्वाइन्ट भेन्जर्स रहेको जीभी मेहेरा जेकेएसएस, एसआरबीए एण्ड बीके अग्रवाल कम्पनी रहेको छ। 

नेपालले लिएको विस्तारित कर्जा सुविधामा अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको बैंकहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकमार्फत कर्जाको लेखा परीक्षण हुनुपर्ने सर्त राखेको थियो। 

उक्त सर्त कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरूको लोन फोर्टफोलियो स्वतन्त्र लेखापरीक्षकमार्फत गराउने प्रकृया गत वर्षबाट सुरु गरेको भएपनि आर्थिक प्रस्ताव नमिलेको भन्दै केपीएमजीसँग ठेक्का सम्झौता गरेन।

उक्त ठेक्का रद्द गर्दै राष्ट्र बैंकले पुन: प्रकृया सुरु गरेको हो। राष्ट्र बैंकले पुन: बोलपत्र आह्वान गर्दै नेपालका १० ठूला बैंकहरूको लोन पोर्टफोलियो रिभ्युका लागि स्वतन्त्र लेखापरीक्षक छनौट प्रकृया अगाडि बढाएको हो।


प्रकाशित : मंगलबार, फागुन २० २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend