मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अर्थले पठायो बजेटको मार्गदर्शन

सोमबार, फागुन १९ २०८१
अर्थले पठायो बजेटको मार्गदर्शन

सफ्टवेयर परामर्श सेवाका लागि बजेट प्रस्ताव गर्दा आधार पनि पेश गर्न र अबण्डामा बजेट प्रस्ताव नगर्न अर्थले आग्रह गरेको छ।

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक वर्षको २०८२/८३ को बजेटका लागि मन्त्रालय र अन्य मातहतका निकायलाई मार्गदर्शन र सिलिङ पठाएको छ। 

अर्थले आगामी वर्षको बजेट प्रस्ताव गर्दा सीमभित्र रहेर किफायती कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ। 

चालु अवस्थाम रहेका आयोजनाको दायित्वको वास्तविक यकिन गरेर सोका लागि पर्याप्त विनियोजन प्रस्ताव गर्न अर्थले आग्रह गरेको छ।

त्यस्तै यसअघि स्रोत सहमति भएका तर कार्यान्वयन निरन्तर नहुने खालका आयोजना भएमा त्यस्ता विनियोजन कटौतीको प्रस्ताव गर्न भनिएको छ। 

भुक्तानीको बक्यौताको विश्लेषण गरेर प्रस्ताव गर्न पनि अर्थले आग्रह गरेको छ। यसअघि लामो समयसम्म भुक्तानी बक्यौता विनियोजनमा नपर्दा निर्माण व्यवसायीहरू अर्थमा धाइरहेका छन्। यस्तो प्रवृत्ति अन्त्य गर्नका लागि यस्तो आग्रह गरिएको हो। 

सबै मन्त्रालयले हालसम्मको दायित्वको एकीकृत विवरण बजेट सूचना प्रणालीमा अभिलेख गर्नुपर्ने छ। राष्ट्रिय गौरवका आयोजनामा पछिल्लो समय न्यून बजेट विनियोजन भएकोमा आगामी वर्षका लागि पर्याप्त विनियोजनका लागि आग्रह गरिएको छ। 

सफ्टवेयर परामर्श सेवाका लागि बजेट प्रस्ताव गर्दा आधार पनि पेश गर्न र अबण्डामा बजेट प्रस्ताव नगर्न अर्थले आग्रह गरेको छ। 

 


प्रकाशित : सोमबार, फागुन १९ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend