मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार २११ अंकको वृद्धिपछि सेयर बजारमा 'करेक्सन', १४ अर्ब २८ करोड रुपैयाँको कारोबार

सोमबार, फागुन १९ २०८१
लगातार २११ अंकको वृद्धिपछि सेयर बजारमा 'करेक्सन', १४ अर्ब २८ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार २११.०१ अंकको वृद्धिपछि सेयर बजारमा सामान्य 'करेक्सन' देखिएको छ। गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि  ७५.२४ अंकले बढेको थियो।

सोमबार भने बजार १३.६१ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ। १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा ५१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ। सोमबार ठूलो वृद्धिपछिको करेक्सन देखिए पनि बजारले उचाइकै लय लिने विश्लेषकहरू बताउँछन्। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।  बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। लामो समयदेखि देखिएको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भएकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, फागुन १९ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend