काठमाडौं- सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा हुनेछ।
तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको हो।