सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

अझै पश्चिमी वायुको प्रभाव, बुधबार रातिबाट मौसम थप प्रभावित हुने 

images
बिजनेस न्युज
images
images
अझै पश्चिमी वायुको प्रभाव, बुधबार रातिबाट मौसम थप प्रभावित हुने 
images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

images

काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव चार र अधिकतम १७ डिग्री सेल्सियस रहेको छ।

images

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

images
images

रातिमा पनि प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। रासस

images

प्रकाशित : मंगलबार, माघ १८ २०७८०५:५५
प्रतिक्रिया दिनुहोस