मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिद्धार्थ बैंकको 'सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड', यस्ता छन् सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १९ २०८१
सिद्धार्थ बैंकको 'सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड', यस्ता छन् सुविधा

काठमाडौं- सिद्धार्थ बैंकले उच्च-नेट-वर्थ व्यक्ति (एचएनडब्लूआईएस) र प्रीमियम ग्राहकलाई लक्षित तथा प्रिमियम बैंकिङलाई थप उचाइमा लग्ने उद्देश्यले 'सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड' सार्वजनिक गरेको छ।

कार्ड होल्डरलाई सिद्धार्थ बैंकले विशेष सेवा, आरामदायी यात्रा अनुभव, र आकर्षक जीवनशैली सुविधा प्रदान गर्ने जनाएको छ।

सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्डका मुख्य विशेषता

१. निःशुल्क लाउन्ज पहुँच

यात्रालाई थप आरामदायी बनाउन, सिद्धार्थ बैंकले यो कार्डको प्रयोगमार्फत वर्षमा दुईपटक निःशुल्क विमानस्थलको लाउन्ज प्रयोग गर्न पाउने छन्।

ग्राहकले १५०० भन्दा बढी अन्तर्राष्ट्रिय एयरपोर्टको लाउन्जमा आरामदायी बसाइ, खानपान, वाईफाई, तथा व्यावसायिक सेवा आदि उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सेवा थाइल्याण्ड, मलेसिया, सिंगापुर, कतार, यूएई, चीन, भारत, अस्ट्रेलिया जस्ता लोकप्रिय गन्तव्यमा यात्रा गर्ने नेपालीका लागि विशेष उपयोगी हुने सिद्धार्थ बैंकको भनाइ छ।

सिद्धार्थ बैंकले प्रदान गरेको 'लाउन्ज की' वेबसाइटमा गइ निःशुल्क लाउन्जको पहुँच लिन सकिने बैंकले जनाएको छ।

२. प्राथमिकता बैंकिङ सेवा

सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड 'प्रायोरिटी बैंकिङ कार्ड' को रूपमा पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यसले ग्राहकहरूलाई निम्न विशेष सुविधाहरू प्रदान गर्छ:

- व्यक्तिगत बैंकिङ परामर्शदाता

- बैंक शाखामा छिटो सेवा

- लाइनमा बस्न नपर्ने

३. विशेष छुट

सिद्धार्थ बैंकको विभिन्न व्यापारी साझेदारी भएका रेस्टुरेन्ट, होटल, लुगा पसल, इलेक्ट्रोनिक्स पसल तथा अन्य प्रीमियम आउटलेटमा 'यूएनओ' कार्डमार्फत विशेष छुट पाउने छन्। यस सुविधा यूएनओ मोबाइल एपमा लिन सकिने बैंकले जनाएको छ।

४. निःशुल्क इन्टरनेसनल ट्राभल कार्ड

बैंकका अनुसार यसमा निःशुल्क इन्टरनेसनल ट्राभल कार्ड प्रदान गरिनेछ। जसले ग्राहकका लागि विदेशमा पनि झन्झटमुक्त कारोबार सुनिश्चित गर्ने छ। कुनै पनि शुल्क नलागी प्रयोगकर्ताले कार्डमार्फत विदेशी मुद्रामा भुक्तानी गर्न सक्छन्।

बैंकका अनुसार यसका लागि ग्राहकहरूले सिद्धार्थ बैंकका शाखाहरूमा गइ आवेदन दिन सक्ने छन् वा अनलाइन आवेदन पनि दिन सक्ने छन्। 

यसमा कार्ड लन्च भएपछिको पहिलो तीन महिनासम्म वार्षिक शुल्क (५,००० रुपैयाँ) मा ५० प्रतिशत छुट हुने बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, फागुन १९ २०८११२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend