काठमाडौं- सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। मंलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।