शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

खनजोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपुर्जा दिन सांसदको माग

images
आइतबार, फागुन १८ २०८१
images
images
खनजोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपुर्जा दिन सांसदको माग

आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने पनि सांसदको भनाइ छ।

images
images

काठमाडौं- राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images

उनले भने, 'यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्त्रण समिति अहिले नै गठन गर्नुपर्छ, स्थानीयलाई नै जिम्मेवार बनाउनुपर्छ, उनीहरुलाई उचित तालिमको साथै तराईमा एक घण्टा र पहाडमा २० मिनेटमा पुग्ने गरी वारुणयन्त्रको व्यवस्था गर्नुपर्छ।'

images
images

आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने उनको भनाइ छ।

images
images

सांसद मिश्रले पछिल्लोपटक काठमाडौंस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गरे। उनले भने, 'विपत् व्यवस्थापन गर्नका लागि सरकार बेलैमा सचेत रहनुपर्छ, होइन भने एकातिर सधैँ सडकको दूरदशा, अर्कोतिर खर्च बढी हुने र दुर्घटनाको पनि जोखिम बढ्छ।'

सांसद भुवनबहादुर सुनारले खनजोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपूर्जा दिनुपर्ने माग गरे।

'मालमोत र नापी कार्यालयले जग्गाहरु टुक्राउने मात्रै हो कि? जग्गाको व्यवस्थापन पनि गर्ने हो, यी कार्यालयले भूमिसम्बन्धी खासै चासो राखेको देखिँदैन, यी दुई कार्यालयको पनि पुनःसंरचना गर्नुपर्ने आवश्यक छ', उनले भने, 'अहिले पनि उनीहरुले संघीयताको अभ्यास गरेजस्तो देखिँदैन, त्यसैले पुस्तौँदेखि खनजोत गर्दै आएका किसानलाई नै जग्गाको धनी बनाएर लालपुर्जा उपलब्ध गराउनुपर्छ।'

सांसद मदनकुमारी शाहले भारतको उडिसा राज्यको केआईआईटीमा अध्ययनरत नेपाली छात्राको मृत्युपश्चात नेपाल फर्किएका विद्यार्थीको अवस्थाबारे सरकारले संसदलाई जनाकारी गराउनुपर्ने माग गरिन्।

उनले भनिन्, 'नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले गरेको अत्याचारको विरुद्धमा साथ दिनुहुने भारतीय जनता, नेपाल सरकार र नेपाली मिडियालाई धन्यवाद दिन चाहन्छु, तर घटना भएपछि नेपाल फर्किएका नेपालीको बारेमा सरकारसँग के जानकारी छ, उनीहरुको भविष्यबारेमा सरकारको योजना के छ, त्यसबारेमा जान्न चाहन्छु।' रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend