आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

images
आइतबार, फागुन १८ २०८१
images
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
फाइल तस्बिर

सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ।

images
images

मुगु- बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन। सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छाउन समय लागेको जनाएको छ।

images
images
images

बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै बिजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए। कर्णाली राजमार्गको जिया-बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारीसाधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गरेका कार्कीले जानकारी दिए।

images
images

सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ। आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।

images
images

जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु कार्कीले टेलिफोनमार्फत जानकारी दिए। रासस


प्रकाशित : आइतबार, फागुन १८ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend