शनिबार, असोज ५ गते २०८१    
images
images

इमर्जिङ्ग नेपालको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने, कति दिने?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
images
images
इमर्जिङ्ग नेपालको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने, कति दिने?

इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ।  कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

images
images

काठमाडौं- इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

images
images
images

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको चुक्तापूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

images

 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend