काठमाडौं- विद्युतीय सवारी उत्पादनमा चीन संसारकै अग्रस्थानमा छ। स्वदेशी बिक्रीमा मात्र नभइ चिनियाँ विद्युतीय सवारी विश्वभर बजार विस्तारमा अग्रसर देखिएको छ।
युरोपेली देश र अमेरिकाले चिनियाँ विद्युतीय सवारी आयातमा कडाइ गरेका छन्। तर एसियाली देश दक्षिण अमेरिका, अफ्रिकालगायत देशमा भने चिनियाँ विद्युतीय सवारीले आफ्नो बजार हिस्सा क्रमिक रुपमा बढाउँदै लगेका छन्।
परम्परागत सवारी निर्माताहरुले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिए पनि प्रतिस्पर्धी मूल्यमा ल्याउन सकेका छैनन् भने चिनियाँ कम्पनीहरुले तुलनात्मक रुपमा कम मूल्यमा उच्च प्रविधियुक्त विद्युतीय कार बजारमा ल्याएका छन्।
त्यसैले चिनियाँ विद्युतीय सवारी र परम्परागत सवारी उत्पादकले बनाएका विद्युतीय सवारीमा मूल्यमा राम्रै अन्तर छ। पश्चिमा देशहरुका लागि यो टाउको दुखाइको विषयमात्रै बनेको छैन, विद्युतीय सवारी वा भनौँ शून्य प्रदूषण सवारी (न्यू इनर्जी भेहिकल) वर्तमान विश्वको भूराजनीतिको ‘केन्द्र नजिक’ रहेको छ।
चीनले ब्याट्री प्रविधिमा मारेको फड्को र राज्यले ईभी उत्पादकलाई दिएको सहुलियतका कारण चीनले सस्तो मूल्यमा ‘प्रिमियम’ स्तरको विद्युतीय सवारी बिक्री गरिरहेको छ। जुन शक्ति राष्ट्र र परम्परागत सवारी जायन्टहरुको टाउको दुखाइको विषय बनेको छ। परम्परागत सवारी जायन्टहरु सबै शक्ति राष्ट्रकै कम्पनीहरु हुन्।
चीन विश्वको विद्युतीय सवारीको पावरहाउसकै रुपमा उदाउँदै गइरहेको छ। २०२४ मा आन्तरिक बजारमा दबदबा बनाइको चीनले विश्व ईभी बजारमै आफ्ना उपस्थिति बलियो बनाएको छ।
२०२४ मा विश्व बजारमा बिक्री भएका कुल ईभी मध्ये ६२ प्रतिशत हिस्सा चिनियाँ ईभीको रहेको भिजुअल क्यापिटालिस्टले लेखेको छ। क्यापिटालिस्टले विश्वकाक विभिन्न देशमा बिक्री हुने कुल ईभी चिनियाँ ईभी ब्रान्डको बजार हिस्सा बारे उल्लेख गरेको छ। उल्लेखित तथ्यांक रो मोसन्सको ईभी सेल्स क्वाटरली आउटलुकबाट लिइएको हो।
विश्वभर विद्युतीय सवारीको बजार हिस्तार बढ्दै जाँदा २०२४ मा कुल १ करोड ७० लाख वटा विद्युतीय सवारी बिक्री भएको छ। अन्तर्राष्ट्रिय बजारको बढ्दो ईभी मागलाई चिनियाँ उत्पादकले राम्रो अवसरका रुपमा विस्तार गरिरहेका छन्।
विश्वका विभिन्न बजारमा चिनियाँ विद्युतीय सवारी प्रतिको धारणा र स्वीकार्यतामा भिन्नता छ। अमेरिका र क्यानडामा चीनमा बनेका विद्युतीय सवारी बिक्रीको अनुमति नै छैन। २०२४ मा अमेरिकाले चिनियाँ विद्युतीय सवारी १ सय प्रतिशत कर लगाइदियो। अमेरिकासँगको गहिरो आर्थिक सम्झौताका कारण क्यानडाले पनि अमेरिकाले लागु गरेकै नीति चिनियाँ विद्युतीय सवारीमा अवलम्बन गरेको छ।
अमेरिकाको ठीक विपरित युरोपमा भने मतभेदकै बीच चिनियाँ विद्युतीय सवारीका लागि खुला नै रहेको छ। तर युरोपमा पनि आन्तरिक सवारी उत्पादकहरुलाई बचाउनपर्ने आवाजसँगै उठिरहेको छ। सोही कारण ईयूले २०२४ मा केही चिनियाँ सवारीमा ३५.३ प्रतिशतसम्म अतिरिक्त कर लगाउने निर्णय गरेको थियो।
यद्यपी स्वदेशी अटोमोबाइल उद्योग बलियो नभएको वा उत्पादन नै नगर्ने मुलुकमा भने चिनियाँ विद्युतीय सवारीको बिक्री बढ्दै गइरहेको छ। चीनको छिमेकी एसियालु देश, दक्षिण तथा मध्य अमेरिकालगायत देशमा चिनियाँ विद्युतीय सवारीले आफ्नो पकड बलियो बनाउँदै लगेका छन्।
चिनियाँ विद्युतीय सवारी अमेरिका र क्यानडामा बिक्री भएका छैनन्। अप्रत्यक्ष रुपमा बिक्री भएकालाई यो तथ्यांकमा गणना गरिएको छैन। कुल ईभी बिक्रीमा सबैभन्दा धेरै चिनियाँ हिस्सा भएको देश ब्राजिले हो।
अमेरिका र क्यानडामा भने मेड इन चाइना विद्युतीय सवारीको बिक्री शून्य रहेको छ। नेपालमा कुल ईभी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ७२ प्रतिशत रहेको छ। नेपालमा चीनसहित भारत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनीलायत देशबाट विद्युतीय सवारी आयात भइरहेका छन्।
२०२४ मा कुन देशमा कति विद्युतीय सवारी बिक्री भए र त्यसमा चिनियाँको हिस्सा कति?
अमेरिका- गत वर्ष अमेरिकामा १५ लाख ४० ३ सय ५४ वटा विद्युतीय सवारी बिक्री भएको थियो। यसमा चिनियाँको हिस्सा शून्य छ।
जर्मनी- २०२४ मा जर्मनीमा ५ लाख ७७ हजार ६ सय ३० वटा विद्युतीय सवारी बिक्री हुँदा चिनियाँ ब्रान्डको हिस्सा ४ प्रतिशत रहेको छ।
बेलायत- गत वर्ष बेलायतमा ५ लाख ७१ हजार १ सय ४१ वटा विद्युतीय सवारी बिक्री भएको थियो। यसमा चिनियाँको हिस्सा ७ प्रतिशत थियो।
फ्रान्स- गत वर्ष फ्रान्समा ४ लाख ६४ हजार ५ सय ८९ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ५ प्रतिशत थियो।
क्यानडा- गत वर्ष क्यानडामा २ लाख ४६ हजार ४ सय २४ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा शून्य रहेको थियो।
बेल्जियम- २०२४ मा बेल्जियममा १ लाख ९२ हजार ५ सय ६० वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ३ प्रतिशत थियो।
नेदरल्यान्ड- गत वर्ष नेदरल्यान्डमा १ लाख ९० हजार ७ सय ८४ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ६ प्रतिशत थियो।
स्वीडेन- गत वर्ष स्वीडेनमा १ लाख ६५ हजार २ सय ५६ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ५ प्रतिशत थियो।
नर्वे- २०२४ मा नर्वेमा १ लाख २६ हजार ८८ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ९ प्रतिशत थियो।
ब्राजिल- गत वर्ष ब्राजिलमा १ लाख २५ हजार ६ सय २४ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ८२ प्रतिशत थियो।
स्पेन- गत वर्ष फ्रान्समा १ लाख २२ हजार ३ सय ७५ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा १० प्रतिशत थियो।
इटाली- २०२४ मा इटालीमा १ लाख २१ हजार ८ सय ८९ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ६ प्रतिशत थियो।
जापान- गत वर्ष जापानमा १ लाख १४ हजार १ सय २९ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा २ प्रतिशत थियो।
अस्ट्रेलिया- गत वर्ष अस्ट्रेलियामा १ लाख १३ हजार ५ सय ११ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा २६ प्रतिशत थियो।
भारत- गत वर्ष भारतमा १ लाख ४ हजार ४ सय २६ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा २३ प्रतिशत थियो।
डेनमार्क- २०२४ मा डेनमार्कमा १ लाख ३ हजार २ सय २ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ८ प्रतिशत थियो।
मेक्सिको- गत वर्ष मेक्सिकोमा ९५ हजार २ सय ८२ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ७० प्रतिशत थियो।
थाइल्यान्ड- गत वर्ष थाइल्यान्डमा ७७ हजार २ सय ५० वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ७७ प्रतिशत थियो।
पोर्चुगल- गत वर्ष पोर्चुगलमा ७२ हजार ७० वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ८ प्रतिशत थियो।
इज्रायल- गत वर्ष इज्रायलमा ६९ हजार ५ सय ९५ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत थियो।
स्वीजरल्यान्ड- गत वर्ष स्वीजरल्यान्डमा ६८ हजार ४ सय ९ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा १ प्रतिशत थियो।
अस्ट्रिया- गत वर्ष अस्ट्रियामा ६३ हजार ७ सय १७ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ११ प्रतिशत थियो।
इन्डोनेसिया- गत वर्ष इन्डोनेसियामा ४३ हजार २ सय २ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ७५ प्रतिशत थियो।
फिनल्यान्ड- गत वर्ष फिनल्यान्डमा ३७ हजार ८ सय ८१ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा २ प्रतिशत थियो।
आयरल्यान्ड- गत वर्ष आयरल्यान्डमा ३० हजार १ सय ५ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ९ प्रतिशत थियो।
सिंगापुर- गत वर्ष सिंगापुरमा २९ हजार ५ सय २१ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा २६ प्रतिशत थियो।
मलेसिया- गत वर्ष मलेसियामा २१ हजार ७ सय ९८ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ५२ प्रतिशत थियो।
नेपाल- गत वर्ष नेपालमा १२ हजार ७ सय ५ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ७४ प्रतिशत थियो।
न्युजिल्यान्ड- गत वर्ष न्युजिल्यान्डमा १० हजार २७ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा १५ प्रतिशत थियो।
चिली- गत वर्ष चिलीमा ५ हजार ६ सय ४ वटा विद्युतीय सवारी बिक्री भएको थियो। कुल विद्युतीय सवारी बिक्रीमा चिनियाँ ब्रान्डको हिस्सा ४२ प्रतिशत थियो।