शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लाभांश घोषणा नजिकिँदा जीवन लघुवित्तको उच्च कारोबार, सेयर मूल्य पनि उचालियो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
images
लाभांश घोषणा नजिकिँदा जीवन लघुवित्तको उच्च कारोबार, सेयर मूल्य पनि उचालियो
images
images

काठमाडौं- जीवन विकास लघुवित्तको लाभांश घोषणा नजिकिएसँगै सेयर लगानीकर्ता आकर्षित भएका छन्। जसका कारण नेप्से परिसूचक घट्दा पनि जीवन लघुवित्तको सेयर मूल्य भने बढेको छ।

images
images
images

सोमबार कम्पनीको सेयर मूल्य २४६.१० रुपैयाँले बढेर कारोबारको अन्तिम समयमा ४७४६.१० रुपैयाँ कायम भएको छ। कम्पनीले ७० प्रतिशतसम्म लाभांश दिन सक्ने चर्चाले पनि सेयर लगानीकर्ता आकसिर्षत भएक छन्। कम्पनीले दिने लाभांशको विषयमा अनेकौं आँकलन भइरहेको छन्। कम्पनीको ३७ हजार ४ सय ७८ कित्ता सेयर कारोबार भएको थियो। 

images
images
jblb.png

तर कम्पनीले अहिलेसम्म लाभांशको विषयमा कुनै निर्णय गरेको छैन। सोमबार कम्पनीको सेयर मूल्य बढेसँगै लाभांश घोषणा नजिकिएको अनुमान गरिएको छ।

images
images

कम्पनीको सेयर मूल्य पछिल्लो ५२ हप्तामा अधिकतम ५५१६ रुपैयाँसम्म कारोबार भएको थियो। भने न्यूनतम ४५०३ रुपैयाँमा कारोबार भएको थियो। लाभांश घोषणा नजिकिँदा पनि सस्तो मूल्यमा सेयरमूल्य आएपछि पनि सेयरलगानीकर्ता आकर्षित भएको देखिन्छ। 

महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषण गरेसँगै लगानीकर्ताहरूले जीवनले योभन्दा बढी दिने आँकलन गरिरहेका छन्। लाभांश वितरण गर्न बाँकी जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३० करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको नाफा भने ६८ करोड ९५ लाख रुपैयाँ थियो। उक्त नाफाका आधारमा संस्थाको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ रहेको छ। 

तुलनात्मक रुपमा अन्य लघुवित्तको भन्दा जीवन विकास चुक्ता पुँजी, जगेडा कोष, नाफा र प्रतिसेयर आम्दानी राम्रो छ। जीवन विकासको प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ छ।

एक वर्षको अवधिमा दोस्रो बजारमा भएको कारोबारलाई हेर्ने हो भने जीवन विकासकै सर्वाधिक धेरै रहेको थियो। दोस्रो बजारमा संस्थाको सेयर सूचीकृत पछि जीवन विकासको सेयर मूल्य सर्वाधिक ५७४९ रुपैयाँसम्म पुगेको थियो। 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०१:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend