बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

images
शनिबार, फागुन १७ २०८१
images
images
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ।

images
images

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ।

images
images

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ।

images
images

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ  ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४२ पैसा निर्धारण गरेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १७ २०८११०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend