मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: पृथ्वीबहादुर पाण्डे निर्वाचित

शुक्रबार, फागुन १६ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: पृथ्वीबहादुर पाण्डे निर्वाचित

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ औँ वार्षिक साधारणसभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग काठमाडौंमा सम्पन्न गरेको छ।

फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समूहतर्फबाट पृथ्वीबहादुर पाँडे अध्यक्षमा दोहोरिएका छन्। 

यस्तै  दिपंकर शाक्य उदय,  प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका हुन्।

आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। यस आर्थिक वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी गत आर्थिक वर्षको अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड  रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। 

गत आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो। यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनीकोष ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ। 

हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङमार्फत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ। गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन- युरोमनीबाट 'बेस्ट बैंक २०२३' को उपाधि समेत प्राप्त गर्न सफल भएको जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend