बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

विद्युत् महसुल भुक्तानी नगर्ने ८ सय ८८ ग्राहकको लाइन काटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
images
विद्युत् महसुल भुक्तानी नगर्ने ८ सय ८८ ग्राहकको लाइन काटियो

अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था भएको भए पनि हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन्।

images
images

तुलसीपुर- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ। 

images
images

तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए। उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए। भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ। यहाँ भने ९० दिनपछि लाइन काटिएको हो।  

images
images

लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ। यीबाहेक एक हजार ७३३ ग्राहकबाट तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए। यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ।  

images
images

माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ। जसबाट सात करोड ५९ लाख ५३१ राजश्व संकलन भएको छ। अग्रिम विद्युत् महसुल पनि उठ्ने गरेको छ।

चालु आर्थिक वर्षको हालसम्म १३ लाख ९ हजार ४ सय ९८ रुपैइाँ अग्रिम भुक्तानी हुने गरेको छ। हाल अनलाइनबाट विद्युत् महसुल बुझाउने व्यवस्था छ तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन्।  रासस


प्रकाशित : शुक्रबार, फागुन १६ २०८१११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend