सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

नेपाली अर्थतन्त्रको भविष्य : उदारीकरण, युवा सहभागिता र धार्मिक पर्यटन

images
शुक्रबार, फागुन १६ २०८१
images
images
नेपाली अर्थतन्त्रको भविष्य : उदारीकरण, युवा सहभागिता र धार्मिक पर्यटन
images
images

नेपालमा उदार अर्थतन्त्रको अभ्यास १९९० को दशकदेखि अघि बढ्दै आए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौतीहरू छन्। नेपालको आर्थिक वृद्धि दिगो बनाउन यसको सीमित स्रोतसाधनलाई अधिकतम उपयोग गर्न जरुरी छ।

images
images

लामो समयदेखि आर्थिक समृद्धिको कुरा उठे पनि ठोस कार्ययोजना र नीति निर्माणको अभाव देखिन्छ। पछिल्लो समय समावेशी उदारीकरणका पक्षमा देखिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाका स्वर्णिम वाग्लेजस्ता नेता भारतको प्रयागराजमा भएको महाकुम्भमा स्वयं उपस्थित भएका छन्। 

images
images

थापाले पुरानो पुस्तालाई विस्थापन गर्न पनि युवा सहभागिता, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन तथा धार्मिक पर्यटनलाई आफ्नो राजनितिक तथा आर्थिक पक्षका मुख्य मुद्दा बनाउन जरुरी छ भने वाग्लेले विश्वासिलो वैकल्पिक शक्तिको रुपमा रास्वपालाई स्थापित गर्न यही मुद्दा बोक्नु आवश्यक देखिन्छ। 

images
images

नेपालमा जलविद्युत्, कृषि, पर्यटन र श्रमशक्ति जस्ता स्रोतहरू प्रशस्त भए पनि सही व्यवस्थापन नहुँदा अपेक्षित आर्थिक प्रगति हुन सकेको छैन।

जलविद्युतमा अपार क्षमता भनिए पनि उत्पादन निकै कम छ। यसलाई तीव्र रूपमा विकास गरी निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्छ।

यस्तै ६० प्रतिशत जनसंख्या कृषिमा आधारित भनिए पनि आधुनिक कृषि प्रविधिको अभाव, बजारसम्म पहुँचको कमी र सरकारी सहयोगको न्यूनताले उत्पादकत्व घटेको छ।

पर्यटनतर्फ नेपालको धार्मिक पर्यटनलाई अझै व्यवस्थित गर्न सकिएको छैन। पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर, स्वयम्भू, हलेसी, गुह्येश्वरी, बौद्धजस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नुपर्छ।

समावेशी उदारीकरण र धार्मिक पर्यटनको प्रवर्द्धनको पक्षमा युवा नेताहरू लाग्न जरुरी छ। उनीहरूले युवा सहभागिता, नवप्रवर्तन, उद्यमशीलता र गिग अर्थतन्त्रलगायतका अवधारणाहरूमा आधारित नीति निर्माणको आवश्यकताका विषयमा पैरवी गर्न पनि जरुरी छ ।

यसरी नेपाललाई समृद्ध बनाउन धार्मिक पर्यटन, लगानीमैत्री वातावरण र उद्यमशीलता प्रवर्द्धनका लागि नीति सुधार गर्ने कुरामा जोड दिन जरुरी छ।

भारतको महाकुम्भ मेला र नेपालको पर्यटन रणनीति

भारतको कुम्भ मेला हरेक १२ वर्षमा आउने एक अति ठूलो धार्मिक एवं सांस्कृतिक पर्व हो। जसले भारतको अर्थतन्त्रलाई नै राम्रो टेवा दिइरहेको हुन्छ। भारतका प्रमुख नगरहरूमा लाखौँ श्रद्धालुहरूको भीड जम्छ। यो मेला, विशेष गरी उज्जैन, हरिद्वार, प्रयागराज र नासिक जस्ता स्थानहरूमा आयोजना गरिन्छ र प्रत्येक मेला आयोजना गर्ने स्थानको अर्थतन्त्रलाई व्यापक प्रभावित पार्छ।

हालै सम्पन्न महाकुम्भमा ६४ करोड ३४ लाख श्रद्धालुले भ्रमण गरेको जनाइएको छ। एक जनाले एक हजा मात्र पनि खर्च गर्दा ६ खर्ब ४३ अर्ब ४० करोड हुन जान्छ। यो मेलाले भारतको पर्यटन, यातायात, होटल उद्योग, स्थानीय व्यवसायहरू र आपूर्तिकर्ता श्रृंखलामा ठूलो योगदान पुर्‍याउँछ।

नेपालको धार्मिक पर्यटनलाई महाकुम्भ मेलाको रणनीतिबाट प्रेरणा लिइ यहाँका धार्मिक स्थलहरूको व्यवस्थापन, पर्यटन पूर्वाधार, आवागमन र प्रचार-प्रसारमा सुधार गर्न सकिन्छ। नेपालका पवित्र स्थलहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने रणनीति अपनाएर, नेपाल पनि धार्मिक पर्यटनमा महाकुम्भ मेला जस्तो ठूलो घटनाको समकक्षी बन्न सक्छ।

महाकुम्भ मेलाको सन्देशबाट नेपालमा धार्मिक पर्यटनको प्रभावकारी व्यवस्थापन र प्रवर्द्धन गर्नका लागि केही महत्वपूर्ण कदमहरू लिनुपर्ने कुरा छलफल गर्न जरुरी छ।

महाकुम्भ मेलामा देखिएको सामाजिक र आर्थिक समृद्धिको अनुपम उदाहरणदेखि नेपालमा निम्न रणनीतिहरू लागु गर्नका लागि जोड दिन जरुरी छ -

धार्मिक पर्यटनको महत्व

महाकुम्भ मेलामा धार्मिक पर्यटन र मेलाको आयोजनाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठूलो आर्थिक योगदान पुर्‍याउँछ। यसबाट नेपालले धार्मिक पर्यटन को अवसरलाई बढावा दिन्छ।

बिज्ञापन र प्रचार-प्रसार

महाकुम्भ मेलाजस्तो ठूलो धार्मिक कार्यक्रमले सामाजिक सञ्जाल र मिडियामार्फत प्रचार गरेर विश्वभरका पर्यटकलाई आकर्षित गरेको छ। यसलाई नेपालको धार्मिक स्थलहरूमा पनि लागु गर्नुपर्छ।

स्थानीय रोजगार सृजन र आर्थिक विकास

महाकुम्भ मेलामा स्थानीय व्यवसाय र साना उद्योगहरूको विकास हुन्छ, जसले अर्थतन्त्रलाई मद्दत पुर्‍याउँछ। नेपालमा पनि धार्मिक पर्यटनका क्षेत्रहरूमा स्थानीय रोजगार र साना व्यवसायहरूको प्रोत्साहन गर्ने आवश्यकता छ।

अब के गर्नुपर्छ?

- सम्पत्ति उत्पादन र लगानीमैत्री वातावरण सिर्जना साथै उद्यमशीलताको विस्तार गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्छ।

- धार्मिक पर्यटन प्रवर्द्धन गर्न सार्वजनिक-निजी साझेदारी मोडल अपनाउनुपर्छ।

- स्टार्टअप तथा नवप्रवर्तनलाई कर छुट र प्रविधि सहायता उपलब्ध गराउनुपर्छ।

मानव पुँजीको अधिकतम उपयोग

- गिग अर्थतन्त्रलाई प्रोत्साहन गरी युवालाई स्वरोजगार बन्न प्रोत्साहित गर्नुपर्छ।

- विदेश जाने कामदारहरूको दक्षता अभिवृद्धि गरी तलब वृद्धि गराउनुपर्ने हुन्छ।

- श्रम बजार सुधार गरी नेपालमै रोजगार सिर्जना गर्न व्यवसाय अनुकूल नीति ल्याउनुपर्छ।

सामाजिक सुरक्षासहितको उदारीकरण

- स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा सरकारको लगानी बढाउनुपर्छ।

- आर्थिक असमानता न्यूनीकरण गर्न कर प्रणाली सुधार गर्नुपर्छ।

- निजी क्षेत्र र राज्यको सहकार्यमा रोजगार सिर्जना गर्ने वातावरण बनाउनु आवश्यक छ।

निर्यातमुखी अर्थतन्त्रको विकास

- कृषि र जलविद्युत् जस्ता क्षेत्रमा नवप्रवर्तन गर्दै निर्यात वृद्धि गर्नुपर्छ।

- नेपालमा निर्मित उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गरी प्रतिस्पर्धी बनाउनुपर्छ।

- व्यापार विविधीकरण गर्दै भारत र चीनबाहेक अन्य मुलुकहरूसँग पनि व्यापार विस्तार गर्नुपर्छ।

अपरिहार्य छ युवा सहभागिता 

नेपालमा राजनीति केवल राष्ट्रवादको नारामा सीमित हुन नहुने र ठोस आर्थिक नीति निर्माणको दिशामा अघि बढ्नुपर्ने समय आइसकेको छ।

आजसम्म 'राष्ट्रवाद'को नारामा राजनीति गरिँदै आएको छ तर आर्थिक नीतिबिना राष्ट्रवाद केवल खोक्रो नारा बन्न जान्छ। अब आर्थिक समृद्धिको लागि नयाँ सोच, पारदर्शी नीति र व्यवहारिक योजना आवश्यक छ।

नेपालले उदार अर्थतन्त्रलाई अँगाले पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ। गगन थापा, स्वर्णिम वाग्लेजस्ता नेताहरूले समावेशी उदारीकरणको पक्षमा देखाएको चासोलाई युवाहरूले समर्थन गर्न आवश्यक छ। साथै धार्मिक पर्यटनलाई व्यवस्थित गरी नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ।

अब समय आएको छ कि नेपालले उदार आर्थिक सुधारलाई छलफलमा मात्र सीमित नराखी ठोस नीति र कार्यान्वयनमा ध्यान दिनुपर्छ। यदि हामीले सही रणनीति अपनायौँ भने नेपाल आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध राष्ट्र बन्न सक्छ। अब नेतृत्व परिवर्तनसँगै नीति परिवर्तन पनि आवश्यक भइसकेको छ। 

(लेखक आचार्य पेसाले सिभिल इन्जिनियर हुन्। उनी विभिन्न पेसागत संस्थामा समेत आवद्ध छ्न्।)


प्रकाशित : शुक्रबार, फागुन १६ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend